शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

दैनिक नेपाल २०७७ जेठ ३० गते ८:०८

काठमाडाैं, ३० जेठ । मुक्तिनाथ विकास बैंकले सदस्यको मृत्यु तथा संरक्षकको मृत्यु र सदस्यको परियोजनामा आगलागी भई क्षती भएको हुदा बैंकले छुट्टाछुटै कार्यालयहरूबाट ग्राहक सदस्यहरूको कर्जा मिनाहा, काजक्रिया खर्च तथा आगलागी राहत वितरण गरेको छ ।

बैंकको शाखा कार्यालय सल्यानटार, धादिङबाट लघु कर्जा लिएकी कैली दमिनी र महाराजगञ्ज, काठमाडौंबाट लघु कर्जा लिएकी कान्छी मर्हजनको असमायिक निधन भएको भन्दै क्रमशः रु १ लाख ८ हजार ७ सय १७ रुपैंया र रु १ लाख १४ हजार ८० रुपियाँ मृतककै घरमा गई प्रदान गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित