६ कार्तिक २०८३, शुक्रबार

विश्व बैंकले नेपाललाई ५४ अर्ब २८ करोड रुपियाँ ऋण दिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । विश्व बैंकले आर्थिक पुनर्बहालीका लागि नेपाललाई करिब ५४ अर्ब २८ करोड रुपियाँ थप ऋण सहयोग दिने भएको छ ।

विश्वबैंकले रणनीतिक सडक सुधारका लागि ४५ करोड अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको हो ।

बैंकको बोर्ड बैठकले नेपालको सडक पूर्वाधारको स्तरोन्नतिका लागि यो रकम दिन लागेको हो । बैंकले कोभिड–१९ महामारीपछि मात्रै नेपाललाई १ खर्ब ३० अर्ब दिइसकेको छ ।

यसअघि बैंकले नेपाललाई कोरोना भाइरस महामारीलगत्तै फरक–फरक शीर्षकमा करिब ७२ अर्ब रुपैयाँबराबरको ऋण सहयोग स्वीकृत गरिसकेको छ ।

बिहीबार दिने भनिएको ऋण सहयोग आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रहेको विश्व बैंकले जनाएको छ । सहायता रकम रणनीति सडक निर्माणमा प्रयोग गरिने बताइएको छ ।

अन्तरदेशीय व्यापारिक मार्ग निर्माण, व्यापार वृद्धि, थप रोजगारी सिर्जना र सुरक्षित सडक यातायात विकासका लागि खर्च हुने गरी स्वीकृत गरिएको हो ।