
काठमाडौं, २९ जेठ । सरकारले विहीबारदेखि लक डाउनलाई खुकुलो बनाएपछि उपत्यकाको सडकमा सार्वजनिक सवारी साधन चलाउने विषयमा कडा मापदण्ड बनाइने भएको छ ।
राजधानीमा चल्ने सवारी साधनमा ज्यादा भिडभाड हुने भएको र यसले कोरोना भाइरस संक्रमणको दर उच्च बनाउन सक्ने खतरालाई नजरअन्दाज गर्न नमिल्ने भएपछि कडा मापदण्ड कायम गरिने बताइएको छ ।
पहिलो चरणमा नीजि सवारीसाधनलाई जोर बिजोर प्रणालीमा चलाउने अनुमति दिएको सरकारले सार्वजनिक सवारी साधनका लागि जोरविजोर प्रणालीसँगै सामाजिक दूरी कायम हुनेगरीका सीटमा यात्रु राख्नुपर्ने मापदण्ड तय गर्ने भएको स्रोतले जनाएको छ ।
यातायात मन्त्रालयका एक अधिकारीका अनुसार पहिलो चरणमा लामो र ठूला सवारी साधनमात्र खुला गर्न सकिनेगरी त्यस्तो मापदण्ड बन्न सक्छ ।
सरकारले लक डाउनलाई खोल्नका लागि तीन चरणका कार्ययोजना लागू गर्ने निर्णय गरेको छ । विविध पक्षलाई विस्तारै खुलाउने क्रममा पहिलो २१ दिनसम्म भने सार्वजनिक सवारी साधनलाई खुला गर्ने सम्भावना कम रहेको अधिकारीहरूले बताएका छन् ।















प्रतिक्रिया