
काठमाडौं, २९ जेठ । नेपाल प्रहरीमा महानिरिक्षक (आईजी) पदमा रहँदा सुडानमा सामग्री खरिद प्रकरणमा भ्रष्टाचारी ठहर भएका रमेशचन्द ठकुरी विहीबार जेलमुक्त हुने भएका छन् ।
सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि जेल सजाय भोगिरहेका ठकुरी एक वर्ष कैद सजाय भुक्तानी गरी डील्लीबजार कारागारबाट छुट्न लागेका हुन् ।
अदालतले एक वर्षको जेल सजाय तोकेको भएपनि कारागार प्रशासनले २० दिन छुट दिएपछि उनी विहीबार रिहा हुन लागेका हुन् । उनी १९ असोज २०७६ मा जेल चलान भएका थिए । सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनका लागि एपीसी खरिदमा प्रकरणमा करोडौं भ्रष्टाचारमा उनी मुछिएका थिए । ठकुरीलाई एक वर्ष जेल सजाय र ४० हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाइएको थियो ।















प्रतिक्रिया