६ कार्तिक २०८३, शुक्रबार

अर्घाखाँचीमा मृत्यु भएका व्यक्तिको स्वाब हरायाे

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन्धिखर्क, २९ जेठ । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिको परीक्षणका लागि पठाइएको स्वाब हराएको छ ।

गाउँपालिकाको ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वरेन्टिनमा बसेका ५७ वर्षीय पुरुषको जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाँच गर्न प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो ।

परीक्षणका लागि पठाइएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी ४ खनकै रातुका चौरमा राखिएको छ ।

घाँटीको शल्यक्रिया गरेका उनलाई श्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो ।

शव व्यवस्थापनका लागि स्वाबको रिपोर्ट चाँडो पठाउन ताकेता गर्दा प्रादेशिक अस्पताल भैरहवामा मृतक व्यक्तिको नामको स्वाब हराएको खुल्न आएको मृतकका आफन्तले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यलयले पठाएको स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा नभेटिएपछि फेरि मृतकको स्वाब निकालेर परीक्षणका लागि पठाइएको छ ।

रिपोर्ट नआउँदासम्मका लागि शवको दाहसंस्कार रोकिएको छ ।