शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

राप्ती गाउँपालिकाका किसानहरूलाई निःशुल्क चल्ला वितरण

दैनिक नेपाल २०७७ जेठ २८ गते १०:२७

मसुरिया, २८ जेठ । दाङको राप्ती गाउँपालिकाका स्थानीयहरूलाई कुखुरा पालन समूहहरूलाई अष्ट्रोलोप र न्यु हेम्पशायर जातका कुखुराको चल्ला निःशुल्क वितरण गरिएको छ ।

वडा २, ३, ४, ५, ७, ८ र ९ का कृषक समूहमा अबद्ध भई राप्ती गाउँपालिकामा दर्ता भएका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यक्रममा छनौटमा परेका कृषकहरूलाई कुखुराको चल्ला वितरण गरिएको शाखा प्रमुख राजबिक्रम चौधरीले जानकारी दिए ।

३० जना रहेको समूहमा १५०० चल्ला प्रतिसदस्य ५० गोटाका दरले निःशुल्कमा बितरण गरिएको हो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको सहयोग र राप्ती गाउँपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखा ब्यवस्थापनमा चल्ला वितरण गरिएको शाखा प्रमुख राजबिक्रम चौधरीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित