६ कार्तिक २०८३, शुक्रबार

रुपन्देहीमा ५ जनाको हत्या गरिनुको कारण खुलाउन एसएसपीको टोली खटाइयो

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । रुपन्देहीको तिलोत्तमा–१० मा गएराती भएको ५ जनाको हत्याको ‘कारण’ खुलाउन प्रहरीको अर्को टोली पनि सक्रिय बनाइएको छ ।

हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले प्रारम्भिक चरणमा खास कारण नबताए पनि फरुवाले हानेर हत्या गरेको साविती बयान दिएको विवरणमा आएको छ ।

कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा भएको उक्त हत्याकाण्डको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीसँगै प्रदेश ५ प्रहरी कार्यालयले प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार वैदवारलाई पनि खटाएको छ ।

सिंजाली हत्या गरेपछि भुसको गोदाममा लुकेका थिए । तर यस हत्या प्रकरणको खास कारणबारे सिंजालीले अहिलेसम्म मुख खोलेका छैनन् । प्रहरीले मुचुल्का उठाउने र कारण खुलाउने प्रयत्न गरिरहेको छ ।

घटनामा मुर्गियाका ४१ वर्षिय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरी रहेका छन् ।