६ कार्तिक २०८३, शुक्रबार

सप्तरीमा थपिए १६ कोराना संक्रमित, सबै भारतबाट फर्किएका थिए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थय कार्यालयका अनुसार वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेका छन् ।

संक्रमितमध्ये एक जना ३५ वर्षीया महिला समेत छिन् । सबै जना भारतबाट फर्किएका थिए । संक्रमितलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा लगिएको छ । सप्तरीमा हालसम्म संक्रमितको संख्या ९३ पुगेको छ ।