
काठमाडौं, २५ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या आइतबारसम्म ३ हजार ५ सय नजिक पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार थप २१३ जना नयाँ संक्रमितसँगै नेपालमा ३ हजार ४ सय ४८ जना संक्रमित पुष्टि भएका हुन् ।
२०९ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
पछिल्ला दिनमा भारतबाट नेपाल फर्किनेमा कोरोना संक्रमणको संख्या तिव्रताका साथ देखिएको छ ।















प्रतिक्रिया