बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

विश्व स्वास्थ्य संगठनले भन्यो– कपडाको भए पनि मास्क लगाउनू

दैनिक नेपाल २०७७ जेठ २४ गते ९:३९

काठमाडौं, २४ जेठ । विश्व स्वास्थ्य संगठनले सामाजिक दूरी कायम गर्न सम्भव नहुने स्थानमा जाँदा कपडाको भए पनि मास्क लगाउन सुझाव दिएको छ ।

सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर जस्ता स्थानमा जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन संगठनकोे सुझाव आएको हो ।

संगठनको कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा. मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट जोगिने उल्लेख गरेका छन् ।

संगठनले संक्रमित व्यक्तिको नजिक जाने र संक्रमित व्यक्तिबाहेक अन्य स्वस्थ व्यक्तिले मास्क नलगाए पनि हुने बताएको थियो । ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुले भने मेडिकल मास्क लगाउर्नैपर्ने संगठनले सुझाव दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित