बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

बीस लाख डलरको ललिपप किन्ने खाेज्दा अफ्रिकी शिक्षा मन्त्रीकाे पद फुत्कियाे

दैनिक नेपाल २०७७ जेठ २४ गते ८:३६

लण्डन, २४ जेठ । अफ्रिकी देश माडागास्करका शिक्षा मन्त्री स्कूल बालबालिकाका लागि २० लाख अमेरिकी डलर भन्दा बढीको ललिपप किन्ने योजनाका कारण बर्खास्त भएका छन् ।

शिक्षा मन्त्री रिजासोआ एन्ड्रिएमानानाले कोरोना भाइरसबाट जोगाउने दाबी गरिएको आयुर्वेद औषधिको स्वाद नमिठो भएकाले सो औषधि खाएपछि सबै बालबालिकालाई तीन–तीनवटा ललिपप दिने योजना बनाएका थिए ।

कोरोना भाइरसको संक्रमणबाट जोगाउने दाबी गरिएका आर्युवेद औषधिको परीक्षण भएको छैन वा सो औषधिको प्रभावकारिता प्रमाणित भएको छैन ।

माडागास्करका राष्ट्रपतिको हस्ताक्षेपपछि ललिपप किन्ने योजना रद्द भएको छ । राष्ट्रपति एन्ड्री राजोइलिनाले कोरोना भाइरसको संक्रमणको उपचारका रुपमा कोभिड–अर्ग्यानिक टोनिकको वकालत गर्दै आएका छन् ।

अफ्रिकाका धेरै देशले कोभिड–अर्ग्यानिक टोनिकको आयात गरिरहेका छन् । तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने अहिलेसम्म कोभिड–१९ को कुनै पनि प्रमाणित उपचार वा औषधि पत्ता नलागेको भन्दै चेतावनी दिएको छ ।

माडागास्करको नेशनल मेडिकल एकेडेमीले पनि सो आयूर्वे औषधिको प्रभावकारिताप्रति चासो व्यक्त गरी त्यसले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने भनि सचेत गराएको छ ।

आर्टमिसिया नामक वनस्पतिबाट बनाइएको झोललाई कोभिड–अर्ग्यानिक भनिएको छ र त्यसले कोरोना भाइरसको संक्रमणबाट जोगाउने दाबी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित