शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भारतीय दलाल भनेपछि सरिता गिरीले गंगा चौधरीलाई कारबाहीको माग गरिन्

दैनिक नेपाल २०७७ जेठ २३ गते १३:०५

काठमाडौं, २३ जेठ । समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेकपा सांसद गंगा चौधरीलाई कारबाहीको माग गरेकी छन् । तर उनले चौधरीको नाम भने लिइनन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले चौधरीले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै यस्तो माग गरिन् । उनले भनिन्,‘नेपालको कानुन अनुसार यो हेट स्पिच कानुनी करबाहीका लागि पर्याप्त हुन्छ । र, म गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु कि यसलाई रेकर्डमा लिएर प्रक्रिया अगाडि बढाइयोस् ।’

चौधरीले गिरीलाई संकेत गर्दै भारतीय चेलीले नेपालको संसदमा आएर दादागिरी गरेको बताएकी थिइन् । चौधरीले भारतको दलाल भएर सदनमा प्रस्तुत हुने गरेको बताएकी थिइन् ।

गिरीले भारतलाई नसोधी नेपालले नक्शा जारी गर्न नहुने अन्तरवार्ता दिएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित