
काठमाडौं, २३ जेठ । सरकारले तेस्रो देशमा रहेका नेपाली नागरिकको उद्दार थालेको छ । कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपाली ल्याउने क्रममा म्यानमारबाट २६ जनाको उद्दार गरी काठमाडौं ल्याइएको छ ।
उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लागिएको हो । नेपाली सेनाले ल्याएका उनीहरूलाई त्यहाँ राख्न लागेको हो । एक रात राखेपछि होम क्वारेन्टाइनमा पठाइने छ ।
सबैको पिसीआर नेगेटिभ आएकाले घर पठाइने बताइएको छ । शुक्रबार संयुक्त अरब इमिरेट्सबाट १६८ जना नेपाली नागरिक ल्याउने तयारी भएको छ ।











प्रतिक्रिया