७ मंसिर २०८३, सोमबार

रुकुम घटना छानबिन गर्न संसदको विशेष समिति

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । अन्तरजातिय विवाहको विषयमा भएको मृत्यु प्रकरणलगायतका घटना छानबिनका लागि प्रतिनिधि सभाको बैठकले विशेष संसदीय समिति बनाएको छ ।

सभामुख अग्नीप्रसाद सापकोटाले विशेष समिति गठन गरिएको घोषणा गरेका छ । दलहरुसँगको परामर्शका आधारमा समितिका सदस्य तय हुनेछन् ।

पश्चिम रुकुममा एउटी मल्ल थरकी युवतीसँग बिहे गर्नका लागि पुगेका नवराज विकसहितमाथि गाउँलेको आक्रमण भएको थियो । जसमा भाग्ने क्रममा विकसहित ६ जनाको ज्यान गएको थियो ।