२ कार्तिक २०८३, सोमबार

अमेरिकामा महात्मा गान्धीको प्रतिमामा तोडफोड

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, २३ जेठ । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि रहेको महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ।

अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड भएको हो।

प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुन अनुसार कारबाही गरिने अमेरिकी प्रहरीले जनाएको छ।

गत मे महिनाको २५ मा अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मिनियापोलिसमा मृत्यु भएको थियो। अश्वेत ती व्यक्तिलाई श्वेत अमेरिकी प्रहरीले हत्या गरेको आरोप लागेको छ।

हत्याको घटना प्रष्ट हुने भिडियो समेत सार्वजनिक भएको छ। भिडियो नै सार्वजनिक भएको र सर्वत्र दवावपछि दोषी देखिएका प्रहरीलाई सरकारले सेवाबाट बर्खास्त गरेर कानुनी कारबाही प्रक्रिया शुरु गरिसकेको छ।

तर पनि देशभरी विभिन्न स्वरुपमा आन्दोलन भइरहेको छ भने जनधनको समेत क्षति भएको छ।

आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले देशका तीन दर्जनभन्दा बढी सहरहरुमा कफ्र्युसमेत लगाउनु परेको छ। आन्दोलन भएको एक हप्ताभन्दा बढी भइसकेको छ।

गान्धीको प्रतिमामाथिको तोडफोड भने यही जुन २ र ३ तारिखको राति भएको बताइएको छ। तोडफोडका बारेमा अमेरिकास्थित भारतीय दूतावासले अमेरिकी अधिकारीहरुलाई जानकारी गराएको छ।