६ कार्तिक २०८३, शुक्रबार

सुर्खेतमा एक जनाकाे मृत्यु, रिपाेर्टमा कोरोना पोजेटिभ देखियाे

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरेन्द्रनगर, २३ जेठ । सुर्खेतमा मृत्यु भएका एक जना युवामा कोरोना पोजेटिभ देखिएको छ। उनकाे बुधबार राति मृत्यु भएकाे हाे  ।

पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका ती युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए । उनको घर फर्किएकै राति मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए । ।

भारतबाट आएका २० वर्षीय ती युवक त्यसअघि विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।

१४ दिन क्वारेन्टिनमा बसेका उनको र्‍यापिड डाईग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।

बिहीबार उनको स्वाब संकलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा.खड्काले बताए ।

योसहित नेपालमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।