शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

लक डाउन तोड्दै काठमाडौंका साना व्यापारीले पसल खुलाए, उपत्यकाका सिडिओको आकस्मिक बैठक

दैनिक नेपाल २०७७ जेठ २२ गते ११:१४

काठमाडौं, २२ जेठ । लक डाउन तोड्दै  काठमाडौंका साना व्यापारीले विहीबारदेखि पसल र व्यावसाय एकतर्फी रुपमा सञ्चालनमा ल्याएका छन् ।

३२ जेठसम्म सरकारले लक डाउन जारी राखे पनि व्यापार व्यावसाय ठप्प भएको भन्दै व्यापारीले पसल खुलाएका हुन् । काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्यूरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोक क्षेत्रका सबै प्रकारका व्यावसाय खुला गरिएका छन् । कतिपय व्यापारीले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गराएका छन् ।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण हुन नदिन सतर्कता अपनाउँदै व्यापार व्यावसाय चलाइने महासंघ अध्यक्ष नरेश कटुवालले बताए ।

यसैबीच, व्यापारीहरूको एकतर्फी निर्णयले पसल खुलेपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको आकस्मिक बैठक हुने भएको छ ।

काठमाडौंका सीडीओको आह्वानमा संयुक्त बैठक बस्न लागेको हो । व्यापारीहरुले गरेको निर्णयकै विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।

सरकारले महासंघ पदाधिकारीलाई वार्तामा बोलाएको र समस्याको समाधानका निम्ति एउटा बाटो निकाल्न बैठक हुन लागेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित