शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एनआईसी एशिया बैंकमा अनलाईनमार्फत खाता खोल्न थप सहज

दैनिक नेपाल २०७७ जेठ २२ गते ७:४४

काठमाडाैं, २२ जेठ । नेपाल सरकारले लकडाउन जारी गरिरहेका बेला एनआईसी एशिया बैंकले घरमै बसी अनलाईन खाता खोल्न चाहनेहरूको सेवा तथा सुविधाको लागि खाता खोल्ने प्रक्रियालाई थप सहज तथा ग्राहकमैत्री बनाएको जनाएकाे छ ।

यस विषम परिस्थितिमा समेत अनलाईन खाता खोल्ने ग्राहकहरूको संख्यामा बढेकाे भन्दै बैंकले प्रक्रियामा थप सुधार गरी छोटो समयमै ग्राहकले खाता खोल्न सक्ने सुविधा ल्याएको बैंकले जनाएकाे छ ।

बैंकले सर्वप्रथम ईमेल, नाम, मोबाईल नम्बर, जन्ममिति, शाखा जस्ता विवरण भरिसकेपछि ग्राहकले दोस्रो चरण पूरा गर्नका लागि बैंकबाट इमेल प्राप्त गर्ने जनाएकाे छ ।

दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण ग्राहकले भर्नुपर्ने हुन्छ । त्यसपछि ग्राहक महानुभावले आफ्नो डकुमेन्ट समेत सहज रुपमा अपलोड गर्न सक्ने छन् ।

विवरण भर्ने क्रममा सही विवरण भर्न समेत आवेदकलाई त्यहाँबाट सुझाव प्राप्त हुनेछ । विदेशमा रहनुभएका महानुभावहरूले ईमेलमार्फत आफ्नो सम्पर्क विवरणसहित खाता खोल्नका लागि ईमेलमार्फत अनुरोध गर्न सक्ने जनाइएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित