शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कलरओएस सेवेनको आधिकारिक भर्जन ओपो फोनमा उपलब्ध

दैनिक नेपाल २०७७ जेठ २२ गते ७:३७

काठमाडौं, २२ जेठ । वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले एण्ड्रोइड १०मा आधारित आफ्नो अधिकारिक सञ्चालन प्रणाली कलरओएस सेवेनका लागि रोलआउट प्लानको घोषणा गरेको छ ।

अप्रिल महिनादेखि नै ओपोका प्रयोगकर्ताहरुले कलरओएस सेवेनको आधिकारिक भर्जन प्राप्त गरिरहेका छन् भने रनो, फाइन्ड र ए सिरिज लगायत थप उपकरणहरू (२० भन्दा बढी ओपोका स्मार्टफोन मोडल)मा पनि यो प्रयोगका लागि उपलब्ध हुनेछ ।

सन् २०१९को नोवेम्बरमा घोषणा गरिए देखि नै कलरओएस सेवेनका लागि विश्वभर बाटै ओपोका प्रयोगकर्ताहरूले सकारात्मक प्रतिक्रिया दिँदै आइरहेका छन् ।

ईन्फाइनाइट डिजाइन, तिब्र र स्मूथ पफरमेन्स, सुदृढ सुरक्षा र सोलुप, फोकस मोड लगायत अत्याधुनिक फिचर्सका साथमा यो सञ्चालन प्रणाली उपलब्ध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित