बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

क्याथोलिक चर्चका पादरीद्वारा ट्रम्पको आलोचना

दैनिक नेपाल २०७७ जेठ २१ गते ९:०७

न्युयाेर्क, २१ जेठ । सिङ्गटनको क्याथोलिक चर्चका प्रमुख पादरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गम्भीर आलोचना गरेका छन्।

प्रहरी हिरासतमा अश्वेत व्यक्ति जर्ज फ्लोइडको ज्यादतीका कारण निधन भएपछि रंगभेद विरुद्ध आन्दोलन चर्किएका बेला राष्ट्रपतिले आन्दोलनकारीलाई पाखा लगाएर बाइबल लिएर फोटो खिचाउनका लागि चर्चमा गरेको भ्रमणको प्रमुख पादरीले आलोचना गरेका हुन् ।

नेपाली समय अनुसार मंगलबार बिहान ट्रम्पले राष्ट्रपति कार्यालयबाट नजिकै रहेको चर्चमा फोटो खिचाउन गएका थिए । त्यसका लागि शान्तिपूर्ण प्रदर्शनमा रहेकाहरुलाई सुरक्षाकर्मीले जबरजस्ती हटाएका थिए ।

सेन्ट जोन पल द्वितिय नेशनल शरिनका प्रमुख पादरी विल्टन डी ग्रेगोरीले राष्ट्रपति ट्रम्पको भ्रमणलाई शक्तिको ‘दुरुपयोग’ र ‘म्यानुपुलेटेड’ कार्यको शंज्ञा दिएका छन् ।

उनले राष्ट्रपतिको कार्य निन्दनीय र विस्मयकारी रहेको बताएका छन्।

जर्ज फ्लोइडको निधनले अमेरिकामा संस्थागत रुपमा रहेको रंगभेद र अन्याय विरुद्धको आवाजलाई वुलन्द पारेको बताइन्छ।

ट्रम्पले स्थानीय समय अनुसार सोमबार बेलुका (नेपाली समय अनुसार मंगलबार बिहान) प्रदर्शन दबाउनका लागि सम्भव भएसम्मका सबै प्रयास गर्ने र सेना परिचालन गर्ने चेतावनी दिएका थिए ।

४६ वर्षका फ्लोइडको निधनपछि प्रहरी ज्यादती र रंगभेद विरुद्ध अमेरिकाभर प्रदर्शन भइरहेको छ । विगत एक हप्तादेखि जारी प्रदर्शनले केही स्थानमा हिंसात्मक रुपमा पनि लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित