६ कार्तिक २०८३, शुक्रबार

झापामा व्यवसायीले जेठ २४ देखि बजार खोल्ने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, २१ जेठ । झापाका उद्योग व्यवसायीले जेठ २४ देखि बजार खोल्ने निर्णय गरेका छन् ।

मंगलबार मेचीनगर उद्योग वाणिज्य संघ धुलाबारीको आयोजनामा जिल्लाका सबै उद्योग वाणिज्य संघहरूबीच सम्पन्न भएको बैठकले जिल्लाका सबै बजार जेठ २४ बाट खोल्ने निर्णय गरेको हो ।

बैठकले लकडाउनका कारण हाल बन्द अवस्थामा रहेको सबै प्रकारका उद्योग कलकारखाना, बजार व्यवसायलाई प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खोल्ने व्यवस्था मिलाइदिन प्रशासनसँग अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जेठ २३ सम्ममा आवश्यक निर्णय नगरे जेठ २४ देखि स्वतः सबै व्यवसाय खुला गर्ने निर्णय गरेको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले जानकारी दिए ।

अति संवेदनशील क्षेत्रहरू चलचित्र घर, पार्टी प्यालेस, जिम खाना, होटेल, रेस्टुरेन्ट भने बन्द नै राख्ने निर्णय गरेको छ।

बैठकले रेस्टुरेन्ट तथा खाजा घरको हकमा भने अधिकतम सुरक्षा सावधानी अपनाएर होम डेरीभरी तथा अर्डरअनुसारको सेवा सञ्चालन गर्ने, औषधि, डेरी, कृषि सामग्री मल बिउविजन, भेटनरी र बैंक तथा वित्तीय संस्थाहरू नियमित सञ्चालन गर्न पाउनुपर्ने निर्णय गरेको छ।