शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

स्याङ्जामा ५ जना कोरोना संक्रमित थपिए, गण्डकी प्रदेशमा ३७ पुग्यो

दैनिक नेपाल २०७७ जेठ २० गते ९:४५

स्याङ्जा, २० जेठ । स्याङ्जामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिका घर भई नगरपालिका कै क्वारेन्टीनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा पनि कोरोना संक्रमण भेटिएको हो ।

यस्तै बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो ।

उनी पनि गाउँपालिकाको क्वारेन्टीनमा बस्दै आएको बताईएको छ । उनीहरु सबै भारतबाट आएकाहुन् । यो संगै स्याङजामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

यस अघि वालिङका ५ जनामा र गल्याङका २ जनामा कोरोना संक्रमण भेटिएको थियो । उनीहरुको उपचार भईरहेको छ । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । ३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित