६ कार्तिक २०८३, शुक्रबार

‘भारतीय गुप्तचर संस्था ‘रअ’का एजेन्टहरू १५ दिनसम्म घाइते’

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । नेपालमा जनप्रतिनिधि नै आफ्नो देशभन्दा पनि भारतको पक्षमा कसरी वकालत गर्दा रहेछन् भन्ने कुरा छर्लङ्ग भएको छ ।

राष्ट्रियताको विषयमा सांसदहरू नै नेपाललाई भन्दा पनि भारतलाई साथ दिएपछि संसदमा विरोध भएको छ । नेपालको विरोध गरेर भारतीय पक्षमा बोल्ने नेता तथा सांसदहरूका बारेमा धेरै बोल्न रुचाइँदैन । तर, संसदको सोमबारको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले नाम नलिएर त्यस्ता सांसदहरूको भण्डाफोर गरेकी छिन् ।

सांसद चौधरीले समृद्धिका कुरा सुनेर भारतीय गुप्तचर संस्था ‘रअ’का एजेन्टहरू १५ दिनसम्म घाइते हुने गरेको बताएकी छिन् ।

नेकपाकी सांसद चौधरीले नेपालमा भारतीय एजेन्टहरू सलबलाउन थालेको बताइन् । उनले ‘रअ’का एजेन्टहरूलाई धेरै नसलबलाउन चेतावनी दिएकी छिन् ।

‘अनुदानसँग जमीन, स्वाभिमान र राष्ट्रियता साट्न मिल्दैन’, उनले भनेकी छिन्, ‘सीमा विवाद नेपालमाथि भारतको दादागिरी नमिचिएको ठाउँ छैन । नपेहिएको गाउँ छैन । भन्दाभन्दै भारतीय चेलीहरूको सदनभित्र पनि दादागिरी चल्न थाल्यो ।’

‘भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्ने पर्‍यो रे ! आफ्नो जमीन मेरो हो भन्नको लागि पनि मेरो देशको भूमि मिचाहा सोध्नुपर्ने ? यो कस्तो बिडम्बाना हो ?’, नेकपाकी सांसद चौधरीले प्रश्न गर्दै भनेकी छिन्, ‘जब यो देशका प्रधानमन्त्री एउटा सपना, योजना फ्याक्छन् अनि ‘रअ’का एजेन्टहरू १५ दिनसम्म घाइते हुन्छन् ।’

समावादी पार्टीकी सांसद सरिता गिरीको नाम नलिइकन नेकपाकी सांसद चौधरीले संसदभित्रै नेपालको स्वाधीनतामाथि धावा बोलेको बताइन् । भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी भएपछि सांसद गिरीले विरोध गर्दै आएकी छिन् । उनले भारतको समर्थन र नेपालको विरोधमा अभिव्यक्ति दिएपछि आलोचना हुँदै आएको छ ।

‘त्यो सपनाको विरुद्धमा सम्पूर्ण शक्तिहरू लगाएर बुरुक बुरुक उफ्रन थाल्छन्’, उनले भनिन्, ‘राष्ट्रियताको सवालमा अब बोलाइ र गराइ समानता कायम गर्न धेरै मै हुँ भन्नेहरूलाई पनि हम्मे हम्मे पर्न थालिसकेको छ ।’

‘मन र विचार अशुद्ध हुनेको मन्तब्य र अन्तर्वार्ता, लेखका अशंबाट पनि आमजनताले स्पष्ट रुपमा पहिचान गर्न थालिसकेका छन्’, उनले भनेकी छिन्, ‘विगतमा नक्कली राष्ट्रवादको खोल ओड्नेहरूको मुखुण्डो पनि तिनलाई खडा गर्ने र उचाल्नेहरूबाट नै पर्दा फास हुनेछ ।’