शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

स्कुल खोलिने, यार्सागुम्बा संकलन गर्न दिने कर्णाली सरकारको निर्णय

दैनिक नेपाल २०७७ जेठ १९ गते १२:०५

काठमाडौं, १९ जेठ । कर्णाली प्रदेश सरकारले हिमाली जिल्लामा विद्यालय सञ्चालन गर्नुका सार्थ यार्सागुम्बा संकलन गर्न दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा आवश्यक सुरक्षा सावधानी अपनाएर जेठ १५ गतेदेखि यार्सा (जीवनबुटी) संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

ति जिल्लाका लागि भारतबाट आउने नागरिकलाई सुर्खेतमा नै राखेर यार्सगुम्बा संकलन र विद्यालय सञ्चालनको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित