शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एमसीसीमा प्रधानमन्त्री एक्लिनुभएको छः भीम रावल

दैनिक नेपाल २०७७ जेठ १८ गते १०:३०

काठमाडौं, १८ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता भीम रावलले एमसीसीका विषयमा प्रधानमन्त्री केपी ओली पछाडि हटेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले सचिवालयको बैठकमा एमसीसीलाई लिएर अर्थमन्त्री डा.युवराज खतिवडाको चर्को आलोचना भएको बताए ।

पार्टीको औपचारिक निर्णय विपरित एमसीसीलाई अगाडि बढाउन खोजिएको उनले बताए ।

सचिवालय बैठकमा चर्को आलोचना भएपछि प्रधानमन्त्री ओली एमसीसीलाई अगाडि बढाउने निर्णयबाट पछाडि हटेको उनले बताए ।

अघिल्ला सरकारहरूले अगाडि बढाएको विषय भएकाले यसमा पार्टीहरूले धेरै छलफल गर्न आवश्यक नभएको रावलले बताए ।

प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा पार्टीको निर्णयअनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाएको उनले बताए ।

उनले पार्टीले औपचारिक निर्णय नगर्दासम्म यसलाई स्थगत गर्न ओलीले सहमति जनाएको नेता रावलले जानकारी दिए ।

पार्टीका नेताहरूको दवावमै भएपनि प्रधानमन्त्री ओली सही ठाउँमा आएको रावलले बताए । ‘अब पार्टीमा व्यापक छलफल भएर जे निर्णय हुन्छ त्यही अनुसार सरकारले गर्नेछ’, उनले भने ।

प्रधानमन्त्री ओलीले एमसीसी सरकारको विषय भएकाले यसलाई चाँडै नै संसदबाट पारित गराइने बताएका छन् ।

नेकपामा प्रधानमन्त्री ओली पक्षका नेता एमसीसी पारित गराउने पक्षमा छन् ।

प्रतिक्रिया
सम्बन्धित