बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

भारतमा लकडाउन खुकुलो बनाइँदै

दैनिक नेपाल २०७७ जेठ १७ गते २०:२३

काठमाडौँ, १७ जेठ । भारत सरकारले लकडाउनलाई खुकुलो पार्दै लाने भएको छ ।

केन्द्र सरकारले जुन १ देखि ३० सम्म लकडाउनको नयाँ गाइडलाइन जारी एक महिनासम्म चरणबद्ध रूपमा लकडाउन गर्ने र परिस्थितिअनुसार क्रमशः सबै खोल्दै जाने निर्णय गरेको हो ।

राती नौ बजेदेखि बिहान पाँच बजेसम्म भने सबै गतिविधी रोकिनेछन् ।

भारत सरकारले जारी गरेको गाइडलाइनअनुसार पहिलो चरणमा आठ जुनपछि धर्मिकस्थल, होटल, रेष्टुरेन्टहरू, सपिङ मल खोल्न अनुमति दिइनेछ । यसका लागि सरकारले अलग्गै निर्दे्शिका जारी गर्नेछ ।

दोस्रो चरणमा स्कुल, कलेज, शिक्षण संस्थाहरूलाई खुकुलो बनाउने विषयमा राज्य र केन्द्र प्रशासित प्रदेश सरकारसँगको छलफलपछि निर्णय लिइने बताइएको छ ।

तेस्रो चरणमा दुई चरणको विश्लेषण गर्दै अन्तर्राष्ट्रिय विमान यात्रा, मेट्रो सेवा, सिनेमा हल जिम र स्विमिङ पुलहरू खोल्ने तथा पार्क र मनोरञ्जनस्थल खुल्ला गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित