
काठमाडौं, १७ जेठ । भारतबाट दैलेख फर्किएका १४ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला प्रयोगशालाले जनाएको छ ।
दैलेखको नारायण नगरपालिका–२, ३, ६ का १–१ जना, ३ एकजना, वडा नम्बर ४ का ३ जना, वडा नम्बर ८, ९, १० र ११ का २–२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु २८, ४१, ३०, १७, २२, २५, २१, २०, २७, १८, २०, ३५, ५०, २३ उमेर समूहका हुन् ।
पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सुर्खेतमा रहेको प्रयोगशालामा चाप भएपछि सुर्खेत र दैलेखबाट संकलन गरिएको स्वाब जुम्ला पठाइएको थियो ।
दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ ।















प्रतिक्रिया