बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

ट्रम्पद्वारा कोरोना फैलिन रोक्न असफल भएको भन्दै डब्ल्यूएचओसँग सम्बन्ध तोडेको घोषणा

दैनिक नेपाल २०७७ जेठ १७ गते ६:३७

न्युयाेर्क, १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न असफल भएको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले उक्त घोषणा गरेका हुन् ।

अमेरिकाले यस अघि नै डब्ल्यूएचओले कोरोना भाइरस संक्रमण रोकथाम गर्न नसकेको भन्दै दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए । अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।

ट्रम्पले डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप लगाउँदै भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित