शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रहरीद्वारा रौतहटमा १२ राउन्ड हवाई फायर

दैनिक नेपाल २०७७ जेठ १६ गते १२:२७

रौतहट, १६ जेठ । रौतहटमा प्रहरीले शुक्रबार विहान १२ राउन्ड हवाई फायर गरेको छ । कोरोना भाइरस संक्रमितलाई आइसोलेशनमा लाँदै गरेकोे प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्दा उत्पन्त भएको तनाव नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको हो ।

इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ जनालाई आइसोलेशनमा लैजाने विषयमा विवाद भएको थियो ।

स्थानीयले प्रहरीको गाडीमा तोडफोड गरेपछि अवस्था असामान्य उन्मुख भएको थियो । प्रहरी र स्वास्थ्यकर्मीमाथि स्थानीय जाइलागेपछि जिल्ला प्रहरी कार्यालयको थप टोली सपोर्टमा पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित