शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अमेरिकामा बिहीबार २० हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिए

दैनिक नेपाल २०७७ जेठ १५ गते ९:३२

न्युयाेर्क, १५ जेठ । कोरोनाका भाइरस सङ्क्रमणका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख नाघेपछि त्यसको तुलना ४४ वर्षमा विभिन्न युद्धमा मारिएका सैनिकको सङ्ख्यासँग तुलना गरिएको छ ।

अमेरिकामा अहिले कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ वर्षमा कोरिया, भियतनाम, इराक तथा अफगानिस्तानमा भएका हिंसामा ज्यान गुमाउने अमेरिकी सुरक्षाकर्मीको संख्यासँग झण्डै बराबर रहेको बीबीसीले जनाएको छ ।

अमेरिकामा बिहीबार २० हजार भन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । अहिलेसम्म १७ लाख ४५ हजार भन्दा धेरै सङ्क्रमितमध्ये १ लाख २ हजार ९५ जनाको ज्यान गएको पुष्टि भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

विश्वभर सङ्क्रमित भएका कुल मानिसमध्ये झण्डै ३० प्रतिशत अमेरिकामा छन् । अमेरिकामा गएको जनवरी २१ तारिखमा वाशिङ्टनमा पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोनाको इपिसेन्टर बनेको न्यूयोर्कमा मात्रै २९ हजार ५ सय ४० जनाको ज्यान गएको छ । त्यहाँ आज एक हजार भन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् ।

न्यूयोर्कमा ३ लाख ७४ हजार भन्दा धेरै सङ्क्रमित छन् । अमेरिकामा सङ्क्रमितमध्ये अहिलेसम्म ४ लाख ८८ हजार ४ सय ६१ जना उपचार पछि निको भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित