शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो, कांग्रेसविरुद्ध प्रचार नहोस्ः देउवा

दैनिक नेपाल २०७७ जेठ १५ गते ९:१६

;efklt b]pjf ;Daf]wg
g]kfn k|]; o’lgog lrtjg zfvfsf] cf7f}+ lhNnf clwj]zg pb3f6g ;df/f]xnfO{ z’qmaf/ ;Daf]wg ub}{ g]kfnL sf+u|];sf ;efklt z]/axfb’/ b]pjf . t:jL/ M lrtjg, /f;;

काठमाडौं, १५ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार विज्ञप्ति जारी गरेर लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरूमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर शहीदहरूप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्ु ।

‘नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन ०६२–६३ को सफलता पश्चात कांग्रेसको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु’, देउवाले भनेका छन् ।

‘विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ’, कांग्रेस सभापति देउवाले भने, ‘उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न म सबैलाई आग्रह गर्दछु ।’

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू—भाग हुन्’, देउवाले भने, ‘संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ ।’

‘केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय गर्नेछौं’, उनले भने, ‘नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु ।’

‘गणतन्त्र दिवसको यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक शुभकामना प्रकट गर्दछु’, कांग्रेस सभापति देउवाले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित