शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोरोना भाइरस : सेना परिचालन गर्न केन्द्रीय सरकारसँग कर्णाली प्रदेशले अनुमति माग्यो

दैनिक नेपाल २०७७ जेठ १४ गते १६:१२

काठमाडौं, १४ जेठ । ठूलो संख्यामा भारतबाट नेपाल फर्किएका कोरोना भाइरस (कोभिड–१९) प्रभावितको उद्दार र व्यवस्थापनका निम्ति कर्णाली प्रदेश सरकारले केन्द्रीय सरकारसँग सेना परिचालनको अनुमति माग गरेको छ ।

कोरोना फैलिन थालिइसकेको र नेपाल प्रहरी तथा सशस्त्रले शान्ति सुरक्षासम्बन्धी अन्य कामसमेत गर्नुपर्ने हुँदा संख्या अपुग भएकाले सेना परिचालनको स्वीकृति प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले माग गरेको हो ।

कोरोनाका कारण रोजगारी गुमेपछि औसतमा दैनिक ४ हजार कर्णालीवासी भारतबाट फर्किने गरेका छन् । हाल कर्णालीका ८० हजार नागरिक भारतमा रहेको र ३० हजार फर्किने अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित