शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोना संक्रमितसँग स्वास्थ्यमन्त्री ढकालको जम्काभेट, पिसीआरका लागि स्वाब निकालियो

दैनिक नेपाल २०७७ जेठ १३ गते १५:३०

काठमाडौं, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको एक जना कोरोना संक्रमितसँग जम्काभेट भएपछि उनको पनि पिसीआर परिक्षणका लागि स्वाब निकालिएको छ ।

मन्त्री क्वार्टर पुल्चोकको सेल्फ आइसोलेशनमा रहेका ढकाल रिपोर्ट नआउँदासम्म बाहिर निस्कने छैनन् ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मन्त्री ढकालसँग जम्काभेट भएका व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ आएपछि पिसीआर परिक्षण गर्न स्वाब टेकुमा पठाइएको छ ।

रिपोर्ट नआउँदासम्म मन्त्री ढकाल मन्त्रालयका कुनै पनि काम, मन्त्रिपरिषदको बैठक र संसद बैठकमा उपस्थित हुन पाउने छैनन् ।

प्रतिक्रिया
सम्बन्धित