शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

एमसीसी पारित हुँदैन, प्रधानमन्त्रीले पार्टीको आदेश मान्नुपर्छः देव गुरुङ

दैनिक नेपाल २०७७ जेठ १२ गते १०:३०

काठमाडौं, १२ जेठ । सत्तारुढ नेपाल कम्युनिसट पार्टी (नेकपा)को संसदीयका प्रमुख सचेतक देव गुरुङले पार्टीको निर्णयविना एमसीसी पारित हुन नसक्ने चेतावनी दिएका मछन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख सचेतक गुरुङले एमसीसी परित गर्ने विषयमा पार्टीबाट निर्णय गराउनुपर्ने बताए । ‘सरकार वा प्रधानमन्त्रीले भन्दैमा पार्टीले मान्नु पर्छ भन्ने छैन’, उनले भने, ‘सरकारले वा प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नुपर्छ ।’

गुरुङले बहुदलीय व्यवस्थामा पार्टीको निर्णय सर्वोपरी हुने बताए । ‘नेकपाको निर्णयलाई सरकारले कार्यान्वयन गर्ने हो’, उनले भने, ‘राष्ट्रिय महत्व र दीर्घकालीन असर पर्ने निर्णय गर्दा पार्टीको निर्णय अनिवार्य हुन्छ ।’

अहिलेकै अवस्थामा एमसीसी पारित गर्नु राष्ट्रघाती हुने भन्दै उनले एमसीसी कुनै हालतमा पारित हुन नदिने बताएका छन् ।

एमसीसीलाई अमेरिकाले नै आफ्नो सैन्य परियोजना अन्तर्गतकै विषय भनेर भनिसकेकाले सैन्य परियोजनालाई पारित गर्न नहुने नेकपाका प्रमुख सचेतक गुरुङले बताए ।

नेपाल सरकार र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सैन्य परियोजना होइन भनेपनि पत्याउन सकिने आधार नरहेको नेता गुरुङले बताए ।

एमसीसीका बारेमा पार्टीभित्र चरम मतभेद रहेको स्वीकार गर्दै उनले पार्टीमा व्यापक छलफल भएपछि जे निर्णय हुन्छ, त्यही अनुसार गर्नुपर्ने उनले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित