महोत्तरी, १२ जेठ । महाेत्तरी जिल्लाकाे रामगोपालपुर नगरपालिकामा प्रहरी र तस्करबीच झडप भएको छ । प्रहरी र तस्करबीच नगरपालिकाको वडा नम्बर ७ सहसौलामा आइतबार राति झडप भएको हो ।
झडपमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजनको मृत्यु भएको छ । उनी लागुऔषध कारोबारीसँग रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
लागुऔषध कारोबारी भनिएका त्यही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ पक्राउ परेको प्रहरीले जनाएको छ ।
लकडाउनका बेला ठूलो मात्रामा लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी राति त्यस ठाउँमा गएको हो । प्रहरीले घर घेरेर लागूऔषधबारे अनुसन्धान गर्न खोज्दा तस्कर समूहले आक्रमण परेपछि झडप भएको छ ।
प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा राजनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । घटनास्थलबाट केही मात्रामा लागुऔषध नाइट्रोभेट बरामद गरिएको गरिएको प्रहरीले जनाएको छ ।
झडपमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा जवानद्वय रामविहारी पासवान, मनोज साह र लालबाबु यादव घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल जलेश्वरमा भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया