शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

न्यूजिल्याण्डमा ५.६ म्याग्निच्युडको भूकम्प, प्रधानमन्त्री शान्त रहेर अन्तर्वार्ता दिइरहिन्

दैनिक नेपाल २०७७ जेठ १२ गते ८:०८

न्यूजिल्याण्ड, १२ जेठ । न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्न स्थानीय समय अनुसार सोमबार बिहान ८ बजे (नेपाली समय अनुसार सोमबार बिहान पौने दुई बजे) प्रत्यक्ष टेलिभिजन अन्तर्वार्तामा थिइन् ।

सोही क्रममा ५.६ म्याग्निच्युडको भूकम्प गयो, ज्यासिन्डा भने शान्त रहिरहिन् । उनी अत्तालिइनन् । न्यूजिल्याण्डको उत्तर आइल्याण्डमा भूकम्प गएको हो ।

वेलिङ्गटनबाट ९० किलोमिटर उत्तरमा रहेको लेविन नजिकै केन्द्रविन्दू भएर भूकम्प गएको युएस जिओलोजिकल सर्वेले जनाएको छ । भूकम्पको ठूलै धक्का वेलिङ्गटनमा पनि महसुस भएको थियो ।

ज्यासिन्डाले अन्तर्वार्ता दिँदै गर्दा त्यहाँ पनि धक्काले महसुस भयो, तर उनी शान्त रहिन् । उनले अन्तर्वार्ता दिइरहेको भवन भूकम्प प्रतिरोधी हो ।

अन्तर्वार्ता लिँदै गरेका टेलिभिजन प्रस्तोता रायन ब्रिजलाई प्रधानमन्त्री ज्यासिन्डाले भनिन्, ‘भर्खरै भूकम्प गयो रायन ।’ उनले त्यसो भन्दै गर्दा वरपर हेरेकी थिइन् । उनले मुस्कुराउँदै भनिन्, ‘सारै सभ्य धक्का महसुस भयो, सामानहरु केही हल्लिरहेका छन् ।’

लगत्तै अन्तर्वार्ता उही लयमा अघि बढ्यो । उनले भनिन्, ‘धक्का रोकियो । हामी सबै ठीक छौँ । म कुनै पनि झुण्डिरहेको लाइट वा अरु चिजको मुनि छैन । संरचनागत रुपमा उपयुक्त ठाउँमा छौँ ।’

न्यूजिल्याण्ड भूकम्पीय गतिविधि अति सक्रिय रहेको क्षेत्रमा पर्छ । त्यहाँ वर्षको १५ हजार भन्दा बढी भूकम्प जान्छ, मात्रै १००–१५० वटा भूकम्प मात्रै महसुस हुने खालका हुन्छन् ।

प्रतिक्रिया
सम्बन्धित