बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बारामा थप चार प्रहरीमा कोरोना संक्रमण भेटियो

दैनिक नेपाल २०७७ जेठ ११ गते १८:३६

काठमाडौं, ११ जेठ । बारामा थप ४ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरतमा नै संक्रमण पुष्टि भएको बताइएको छ । सर्लाही घर भएका ४९ वर्षीय, कलैया–१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारी संक्रमित भएका हुन् ।

यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो संक्रमितको कन्ट्याक ट्रेसिङको आधारमा उनीहरु सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो ।

बालमन्दिर आइसोलेसनमा बस्दै आएका उनीहरुलाई कलैया लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित