शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पोखरामा पारस शाहको गाडी दुर्घटना

दैनिक नेपाल २०७७ जेठ १० गते १९:५९

पोखरा, १० जेठ । लकडाउनका बेलामा पनि पोखरामा बसेर मोजमस्ती गरिरहेका पूर्वयुवराज पारस शाहको गाडी दुर्घटना भएको छ ।

उनी चढेको गाडी शुक्रबार राति करिब साढे २ बजे पोखरा पृथ्वीचोकमा दुर्घटनामा परेको हो । पूर्वयुवराज शाह चढेको बा १४ च २१३१ नम्बरको कारले मध्यरातमा गोरुलाई ठक्कर दिएको कास्की प्रहरीले जनाएको छ । तीव्र गतिमा आएको पारसको गाडीको ठक्करले गोरु घटनास्थलमै मरेको छ ।

गाडीमा पारससहित जना थिए । मध्यरातिमा एकाएक पारसको छाती दुख्ने समस्या भएपछि अस्पताल लैजाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनापछि चालक अशोक गुरुङलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित