बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कालिमाटीका १८ प्रहरीको कोरोना रिपोर्ट निगेटिभ

दैनिक नेपाल २०७७ जेठ १० गते २०:५२

काठमाडौं, १० जेठ । काठमाडौंको कालिमाटीस्थित महिला सेलमा कार्यरत १८ जना प्रहरीको कोरोना परिक्षण रिपोर्ट निगेटिभ भेटिएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि सँगै रहेका महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र (महिला सेल)मा कार्यरत प्रहरीको पनि परिक्षण गरिएको थियो । त्यसमध्ये १८ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

अब अन्य सबै प्रहरी युनिटमा कार्यरत करिब २ सय जनाको स्वास्थ्य परीक्षण आइतबार बिहान गर्ने तयारी छ । कालिमाटी प्रहरी वृत्त अहिले सील गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित