शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भारतीय क्वारेन्टाइनमा नेपालीको ज्यान गयो

दैनिक नेपाल २०७७ जेठ १० गते २०:४३

भैरहवा, १० जेठ । भारतीय क्‍वारेन्टाइनमा रहेका एक नेपालीको शनिबार मृत्यु भएको छ ।

स्याङजाको हरिनाथ नगरपालिका वडा नम्बर २ चिसापानीका ३५ वर्षीय देवबहादुर थापाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

भारतमा रोजगारी गरी घर फर्कने क्रममा उनी लकडाउमा फसेका थिए । सुनौली नाका नजिकको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा बसेका उनको शनिबार बिहान त्यहीं मृत्यु भएको हो । उनी मृगौला र हर्नियाको बिरामी थिए ।

उनको भारतको महाराजगञ्जस्थित अस्पतालमै पोष्टमार्टम भइरहेको बताइएको छ । उनको मृत्यु कोरोनाकै कारण हो या होइन भन्ने बारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित