बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नक्कली पत्रकार, सक्कली चोर : ‘एपी वान टिभी’को फर्जी कार्ड देखाए

दैनिक नेपाल २०७७ जेठ ७ गते १४:१२

काठमाडौं, ७ जेठ । नक्कली प्रेस कार्ड देखाएर चोरी गर्ने दुई जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले दुई जनालाई पक्राउ गरेको छ ।

सनुसरी इटहरी–१४ का २१ वर्षीय आश्रय रिमाल हिमाल, हम्मे भन्ने हिमाल रसाइली र बाराका २८ वर्षीय अलि आलम मियाँलाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको हो ।

लकडाउनका बेला राति तथा दिनको समयमा दुईजनाले चोरी गरेको चार वटा ल्यापटप र चाबहिलको भत्केको पुलस्थित डा. सुविन मानन्धरको घरबाट म्याक बुक र एप्पलको आई प्याडसहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

सीसीटीभी फुटेजको आधारमा अध्ययन गर्दा देखिएको एभेञ्जेर मोटरसाइकल रोकेर सोधपुछ गर्ने क्रममा उनीहरुले उम्कन देखाएको एपी वान टेलिभिजनको नक्कली कार्ड समेत फेला पारिएको छ ।

त्यसक्रममा खनतलासी लिँदा उनीहरुको साथबाट विभिन्न ब्राण्डका ल्यापटप, क्यामरा, नगद ५३ हजार, ३०० डलर, २०० युआनसहित धारिलो हतियारसमेत फेला पारिएको छ ।

प्रतिक्रिया
सम्बन्धित