शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बिजय मिश्रले पूर्वसञ्चारमन्त्री बाँस्कोटाविरुद्ध फेरि किन दिए प्रशासनमा निवेदन ?

दैनिक नेपाल २०७७ जेठ ६ गते ११:१६

काठमाडौं, ६ जेठ । चर्चामा ल्याइएको तर प्रमाणित गर्न नसकिएको ७० करोड कमिशन प्रकरणमा नाम मुछिएका लमजुङका बिजय मिश्रले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालगायत तीन जनाविरुद्ध फेरि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।

काठमाडौं टोखामा बस्ने मिश्रले बाँस्कोटालगायत अन्य दुई सांसदबाट आफूलाई खतरा रहेको विवरणमा उल्लेख गरेका छन् । आफू र परिवारका लागि बाँस्कोटा, सांसदहरू सूर्य पाठकबाट असुरक्षित भएको सोमबार बुझाएको निवेदनमा उल्लेख छ ।

बास्कोटाको निर्देशनमा टोखा नगरपालिका–११ मा रहेको आफ्नो घरको तस्बिर लिएको, ४ जना युवाहरू खटाएको निवदेनमा उल्लेख गरेका छन् । उनले आफूलाई मार्ने षडयन्त्र भइरहेको पनि निवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित