शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोना संक्रमितको संख्या ३७५ पुग्यो, सोमबार मात्रै ८० जना नयाँ संक्रमित भेटिए

दैनिक नेपाल २०७७ जेठ ५ गते २३:०४

काठमाडौँ, ५ जेठ । नेपालमा सोमबार कोरोना भाइरस संक्रमितको संख्या ३७५ पुगेको छ ।

सोमबार एकैदिन ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार साँझ बाँकेको नरैनापुरका १२ पुरुष, धनुषाका २ पुरुष, दैलेख, सुनसरी झापा र खोटाङका एक-एक जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बाँकेको नरैनापुरमा मात्रै ४६ जनामा कोरोना देखिएको छ । बाँकेमा नेपालमै सबैभन्दा बढी ९३ जनामा स‌ंक्रमण पुष्टि भएको छ । सुनसरी, खोटाङ र दैलेखमा पनि सोमबार पहिलोपटक संक्रमण देखिएको छ ।

अहिलेसम्म बाँकेमा ९३, पर्सामा ९१, कपिलवस्तुमा ४२, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २२, काठमाडौंमा ९, धनुषामा ८, कैलाली, बारा र दाङमा ४/४, चितवन, महोत्तरी, सर्लाही, मोरङ र झापामा ३/३ तथा बागलुङ, भक्तपुर,बर्दिया र धादिङमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर, नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर, सप्तरी, सिरहा, काभ्रेपलाञ्‍चोक, सिन्धुपाल्चोक, धनकुटा, गुल्मी, खोटाङ, दैलेख र सुनसरीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण भएकामध्ये ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित