
काठमाडौँ, ३ जेठ । सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु कोरोनाले भएको हो कि होइन भन्नेबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप अनुसन्धान थालेको छ ।
काभ्रेको धुलिखेल अस्पताललाई सिल गरेर अनुसन्धान थालिएको छ । बिहीबार राति उनको उपचारको क्रममा मृत्यु भएको थियो । अस्पतालमा गरिएको आरडीटी र पीसीआर परीक्षण पोजेटिभ आएको थियो ।
स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनको थप परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको छ ।
साथै, ति महिलाबारे आवश्यक अनुसन्धान गरि सत्यतथ्य पत्ता लगाएर आधिकारिक रुपमा जानकारी गराउने डा. देवकोटाले बताए । अनुसन्धानका लागि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको छ ।
ति महिलाको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको छ । ती महिला वैशाख २३ गते टिचिङ अस्पतालमा भर्ना भएकी थिइन् । वैशाख २४ मा सुत्केरी भएर अवस्था सामान्य भएपछि २५ गते उनीहरु सिन्धुपाल्चोक गएका थिए ।















प्रतिक्रिया