
काठमाडौं, २ जेठ । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलगायतको फोटोसप गरी पोष्ट गर्नेलाई नेपाल प्रहरीको साइबर व्युरोले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
व्युरोका प्रहरी बरिष्ठ उपरिक्षक नविन्द अर्यालका अनुसार सिन्धुली तीनपाटन गाउँपालिका–१ का मधु भनिने तोरणराज पौडेललाई पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा लगाइएको छ ।
जिल्ला अदालत काठमाडौंमा ५ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको अर्यालले जनाएका छन् ।















प्रतिक्रिया