
काठमाडौं, १ जेठ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा संलग्न रहेकी वीरगञ्जकी एक नर्समा संक्रमण पुष्टि भएको छ ।
३६ बर्षिया ति नर्सलाई पनि कोरोना उपचारका लागि आइशोलेसनमा राखिएको छ ।
यस्तै, कोरोना संक्रमण पुष्टि भएकी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकाको उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
स्रोतका अनुसार न्यूरो वार्डमा रहेका पाँच जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ। साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।















प्रतिक्रिया