शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

इटालीले स्वीकृति दिए जुन १३ देखि लिगका बाँकी खेलहरू हुने

दैनिक नेपाल २०७७ जेठ १ गते ९:२०

लण्डन, १ जेठ । कोरोना भाइरसको महामारीका कारण रोकिएको इटालियन सिरी ए फुटबलको यो सिजनका बाँकी खेलहरू आउँदो जुन १३ देखि सुरु गर्ने तयारी भएको छ ।

सरकारले स्वीकृति दिएमा जुन १३ देखि लिगका बाँकी खेलहरु सुरु गर्ने गरी तयारी थालिएको सिरी ए ले जनाएको छ ।

भिडियो कन्फ्रेन्स मार्फत बुधबार लिगको महासभा भएको थियो, सो महासभाले बाँकी खेल गर्ने मिती तय गरेको हो ।

सरकारको स्वीकृति र मेडिकल प्रोटोलक मिलेमा सो मितीमा लिग पुनः सुरु गर्न सबै सदस्य सहमत भएका हुन् ।

इटालियन शीर्ष लिगको क्लबका खेलाडीहरु मे को सुरु देखि प्रशिक्षणमा फर्किएका छन् । उनीहरुले अहिलेसम्म व्यक्तिगत रुपमा प्रशिक्षणको अनुमति पाएका छन् ।

सिरी ए का खेलहरु मार्च ९ देखि रोकिएका छन् । लिगका १२ चरणका खेलहरु बाँकी नै छन् । यस्तै चारवटा अरु खेलपनि बाँकी रहेको छ । अहिलेसम्म लाजिओ भन्दा एक अंकले अघि रहँदै युभेन्टस शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित