३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, यस्ता छन् छलफल हुने एजेण्डा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वुधबार अपराह्न ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्षलाई तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा पछिल्लो समय भारतले नेपाली भूमि मिचेकोबारे कसरी अगाडी बढ्ने सम्बन्धमा छलफल हुने जनाइएको छ । त्यस्तै, केही दिन यता नेपालमा कोरोना संक्रमण तीव्र बनिरहेको विषयमा पनि के कस्ता रणनीति अपनाउनेबारे छलफल हुने बताइएको छ ।