
काठमाडौं, ३१ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को संक्रमित पुष्टि हुनेको संख्या २१९ पुगेको छ ।
नेपालगञ्ज र कपिलबस्तुमा एक एक जना थापिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेको नेपालगञ्ज–८ का ३६ बर्षिय पुरुषमा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै, कपिलबस्तु नगरपालिका–५ का २२ बर्षिय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।
धुलिखेल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा परिक्षणका क्रममा दुईजनामा कोरोना पुष्टि भएको मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया