६ कार्तिक २०८३, शुक्रबार

लक डाउनका बेला काठमाडौंमा चिनियाँ एयरफोर्सको जहाज अवतरण हुनुको कारण

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । बुधबार विहानै चिनियाँ एयरफोर्सको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

लक डाउनका बेला उक्त जहाज किन आएको भन्ने विषयको आधिकारीक जानकारी विमानस्थल प्रशासनलाई पनि दिइएको छैन ।

खासगरी नेपाली सेनाको सैन्य सामग्री र केही स्वास्थ्योपचारका सामान बोकेर उक्त जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको उच्च स्रोहरूले बताएका छन् । यसबाहेक उक्त जहाज आउनुको अर्को कारण खुलाइएको छैन ।

‘के कस्ता सामान बोकेर आएको छ भन्ने जानकारीमा छैन । तर नेपाली सेनाका लागि र केही स्वास्थ्य सामग्री लिएर आएको अनुमान गरिएको छ’, विमानस्थल उच्च स्रातले भन्यो ।

कतिपयले भने नेपालमा अलपत्र रहेका चिनियाँ नागरिकलाई लिनका लागि उक्त जहाज आएको अनुमान गरेका छन् । त्यस विषयमा भने आधिकारीक निकायका अधिकारीहरूले केही खुलाएका छैनन् ।